Public Pana
एसएमएस फ्रेन्डसिप कप : अन्तिम खेलमा नेपाल पराजित

काठमाडाै- नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा अन्तिम खेलमा पराजित भएकाे छ।  

शुक्रबार भएको खेलमा नेपाली टोली बरोडासँगको दोस्रो खेलमा ३७ रनले पराजित भएको हो।  नेपालले पहिलो खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो।  

नेपाल पराजित भए पनि उपाधिका लािग शुक्रबार गुजरातसँग खेल्नेछ।  नेपालले आजको खेलमा चार मुख्य खेलाडीलाई विश्राम दिएको थियो। 

टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले कप्तान रोहित पौडेलसहित सोमपाल काकी, अविनास बोहोरा र आशिफ शेखलाई विश्राम दिएका थिए।  बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ६ बल अगावै १ सय १९ रनमा समेटियो।  

त्यसअघि गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा टस जितेर ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको थियो।  नेपालका लागि गुलशन झा र करण केसीले समान २ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update