Public Pana
ब्यापारी श्रेष्ठ हत्या : कालीबहादुर खामलाई थुनामा  राख्ने आदेश

काठमाडाै- चितवन जिल्ला अदालतले काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्वडिभिजन कमान्डर कालीबहादुर खामलाई थुना पठाउन आदेश गरेकाे छ। 

बिहीबारदेखि सुरु भएको बहस सकिएसँगै न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पुर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए।  

बुधबार साँझ मिसिल आइपुगेपछि बिहीबार खामको बयान सुरू भएको थियो। तर, वादीकातर्फबाट ३ र प्रतिवादी खामकातर्फबाट २ जना अधिवक्ताले बहस गर्न भ्याएका थिए। त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबार आदेश भएको हो। 

 

खाम चैत २० गते काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई चैत २१ गते बयानका लागि चितवन अदालतमा उपस्थित गराइएको थियो।  काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते राति २ बजे माओवादी कार्यकर्ताले केही बुझ्ने भन्दै लगेका थिए। 

त्यसको केही दिनपछि उनको हत्या भएको थियो। हत्या गरेपछि रामहरिको शव त्रिशूलीमा फ्याकिएको थियो। 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update