Public Pana
आयरल्याण्ड ‘ए’ द्धारा नेपाल ‘ए’   एक सय १४ रनले पराजित 

काठमाडाै- आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।  

नेपालले बलिङमा राम्राे प्रदर्शन गरेपनि ब्याटिङमा जम्न सकेन । नेपालका एकपछि अर्काे ब्याटरहरु दाेहाेरो   अंक नबनाउदै आउट भए ।  

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update