Public Pana
बरोडा विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै नेपाल, दिपेन्द्रलाई कप्तानकाे जिम्मेबारी

काठमाडाै- एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले टस हारेको छ । बरोडाला कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको छ । नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम दिइएकाे छ । बेञ्चमा रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा समावेश भएका छन् ।

रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्ने छन् । नेपाल र गुजरात दुवै टोली फाइनल प्रवेश गरिसकेका छन् । नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ४ खेलमा ४ अंक छ भने बरोडा ३ खेलमा अंकविहिन छ ।

खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।

नेपाली टोली:

दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, अनिल साह, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, प्रतिश जिसी, ललित राजबंशी, करन केसी, आकाश चन्द ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update