Public Pana
आयरल्याण्डले नेपाल एलाई दियाे १७५ रनकाे मध्यम लक्ष्य 

काठमाडाै- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा आयरल्याण्डले नेपाल  ‘ए’लाई १७५ रनकाे लक्ष्य दिएकाे छ ।

 पहिले ब्याटिङ गरेकाे आयरल्याण्डले ३८ ओभरमा १७४ रन बनाएकाे हाे ।  नेपालले  आयरल्यान्ड ‘ए’विरुद्ध  टस जितेर पहिले फिल्डिङ गर्ने  निर्भणय गरेकाे थियाे।  आयरल्याण्डलाई सस्तैमा समेट्न रिजन ढकाल र शाहव आलमले ३-३ विकेट लिए भने २ विकेट माैसम ढकालकाे नाममा रह्याे । कमलसिह एेरीले १ विकेट लिन सफल भए ।   पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो। नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

नेपालले आजको खेलमा ब्याटर अर्जुन कुमाललाई प्लेइङ ११ मा स्थान दिएको छैन। उनको स्थानमा नरेन भट्टलाई मौका दिएको छ।

नेपाल ‘ए’ प्लेइङ ११
विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update