Public Pana
घट्यो सुनको मूल्य, प्रतितोला एक लाख  ३२ हजार ७ सय

सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट आएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सय रुपैयाँले ओरालो लागेको छ। बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको हो । 

 

 

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार सय १५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update