Public Pana
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज दोस्रो एकदिवसीय प्रतिस्पर्धा

नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’ बीच शुक्रबार दोस्रो एकदिवसीय क्रिकेट प्रतिस्पर्धा हुँदैछ। खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

पहिलो खेलमा पराजित भएको नेपाललाई आज जित्नैपर्ने दबाब छ। बुधबारको खेलमा नेपाल २१ रनले पराजित भएको थियो। तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिँदै आयरल्यान्डलाई १५७ रनमा रोके पनि नेपाल पराजित भएको थियो। 

नेपाल ‘ए’ टोली
 विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल। 

 

 

 

आयरल्यान्ड ‘ए’ टोली
निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update