Public Pana
किन गरियाे उच्च र जिल्ला  अदालतका चार न्यायाधीशकोमात्र सरुवा ?

काठमाडाै- न्याय परिषद्ले जिल्ला र उच्च अदालतका चारजना न्यायाधीशको सरुवा गरेको छ।

बिहीबार बसेको न्याय परिषद् बैठकले मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेललाई जिल्ला अदालत भक्तपुरमा सरुवा गरेको छ।

त्यस्तै जिल्ला अदालत रौतहटकी न्यायाधीश पूर्णिमा कोइरालाको जिल्ला अदालत मकवानपुरमा सरुवा भएको छ।

बिहीबारको बैठकबाट उच्च अदालतका २ न्यायाधीशको पनि सरुवा भएको छ। उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज सरुवा भएको छ।

त्यसैगरि उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद बरालको उच्च अदालत विराटनगर, धनकुटा इजलासमा सरुवा गरिएको छ। 

No description available.

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update