Public Pana
पञ्जाबको गुजरातविरुद्ध रोमाञ्चक जित

एजेन्सी -पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाईटन्स विरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । पञ्जाबले गुजरात माथि ३ विकेटको जित दर्ता गर्न सफल भएको हो ।

गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेटायो । पञ्जाबको जितमा शशाङ्क सिंहले २९ बलमा ६ चौका र ४ चौका सहित ६१ रनको विष्फोटक इनिङ खेले । यस्तै प्रभसिम्रन सिंहले २४ बलमा ३५ रन बनाए ।

आशुतोष शर्माल3 १७ बलमा ३१ रनको योगदान गरे भने जोनी बेयर्सटोले २२ रन बनाए ।

गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १-१ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो । गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ चौका सहित ८९ रनको अविजित इनिङ खेले ।

यस्तै साई सुदर्शनले ३३, केन विलियमसनले २६ तथा राहुल टेवाटियाले २३ रन बनाए ।

पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १-१ विकेट लिए ।

जित पछि ४ खेलमा २ जित हात पारेको पञ्जाब तालिकाको पाँचौं स्थानमा छ । गुजरात पनि ४ खेलमा समान २ जित सहित एक स्थान तल रहेको छ ।

आईपिएलमा भोलि हुने खेलमा सनराईजर्स हैदराबाद र चेन्नाई सुपर किङ्स भिड्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update