Public Pana
एसएमएस फ्रेन्डसिप कप : समुह चरणकाे अन्तिम खेल बराेडासँग खेल्दै 

काठमाडाै- नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ।

खेल गुजरातको वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको छ भने बरोडा भने   प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले बरोडालाई २७ रनले पराजित गरेको थियो। 

तेस्रो खेलमा बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको थियो। नेपालले ६ अङक जोड्दै शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update