Public Pana
मन्त्रीपरिषदकाे वैठकले के गर्याे निर्णय

विहिबार बसेकाे मन्त्रीपरिषदकाे वैठकले स्वास्थ्य र कानुन मन्त्रालयकाे प्रस्तावमा केही निर्णय गरेकाे छ । कानुन न्याय तथा स‌सदिय मामिला मन्त्रालयकाे प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । 

सोहीसम्बन्धी सूचना छिट्टै राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिइन् । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय भएको छ । 

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update