Public Pana
पाँचै दिन घट्यो सेयरबजार, अन्तिम दिन लघुवित्तका लगानीकर्ताले कमाए धेरै

सेयरबजार पाँचै कारोबार दिन घटेको छ।  बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो।  

यसअघि बुधबार ३.४३ अंकले, मंगलबार १.८५ अंकले, सोमबार ६.२६ अंकले र आइतबार १७.३० अंकले बजार घटेको थियो। अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने केही वृद्धि देखिएको छ। साताको अन्तिम कारोबार दिन ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। 

 

६९ लाख ६३ हजार ३ सय ५९ कित्ता बिक्रीपछि उक्त परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ।  योसँगै आजको कारोबारमा सामेलमध्ये १०६ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।   बिहीबार फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक हरियो छन् भने बाँकी सूचक राताम्य छन्। 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update