Public Pana
अप्ठाराेमा सत्ता गठबन्धन : प्रदेशमा राप्रपाले समर्थन नगर्ने निर्णय लियाे

 राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ। बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। 

राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने भने पनि सत्ता गठबन्धनबाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे कुनै स्पष्ट निर्णय गरेको छैन। त्यस्तो अवस्थामा सम्बन्धित प्रदेश समितिसँग समन्वय गरेर अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्णय गर्ने अधिकार दिइएको छ। 

राप्रपाको उक्त निर्णयले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा सकसता उत्पन्न भएको छ। निर्णायक भएको प्रदेशमा सत्ता गठबन्धनबाहिरको दलले समर्थन मागेमा दिने बाटो खुलेको भने राप्रपाले कायम राख्दै यस्तो निर्णय गरेको देखिन्छ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update