Public Pana
इजलासमै न्यायाधीशकी श्रीमतीले श‌ंकास्पद वस्तु खाएपछि

सर्वोच्च अदालतको इजलास नम्बर ७ मा एउटा मुद्दा सुनुवाइ भइरहेको थियो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा जिल्ला न्यायाधीश भुवन गिरीको वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा बहस चलिरहेको थियो।

गिरीकी कान्छी श्रीमती आरती बहस सुनिरहेकी थिइन्। इजलासमा बहस चलिरहँदा गिरीले सर्वोच्च अलादलको इजालसमै शंकास्पद वस्तु खाएन्। आरतीले बहस चलिरहेकै अवस्थामा शंस्कापद वस्तु खाएपछि सर्वोच्च अदालतको प्रहरीले तत्कालै उनलाई उद्धार गरेको थियो। 

उनी बेहोस भएपछि उपचारका लागि वीर अस्पताल पठाइएको सर्वोच्च अदाललते जनाएको छ। अस्पतालले उनको अवस्था सामान्य रहेको जानकारी अदालतलाई गराएको छ। यसअघि उनले सर्वोच्च परिसरभित्रै आत्मदाहको प्रयास गरेकी थिइन्। 

 

 

आफूसँग विवाह गरेर पनि श्रीमती स्वीकार नगरेको भन्दै आरती भुवन गिरीविरुद्ध सर्वोच्च पुगेकी हुन्। सर्वोच्चले बुधबार न्यायाधीश गिरीलाई थुनामा पठाउने आदेश गरेको छ। 

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएर मुद्दा लडिरहेका गिरी अब थुनामा जाने छन्। उनी केही वर्षअघि लोकसेवाबाट जिल्ला न्यायाधीश भएका थिए।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update