Public Pana
'वैवाहिक बलात्कार' मुद्दामा न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश गरेको छ।
 
न्यायाधीशहरु हरिप्रसाद फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको हो।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो। न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेका थिए। मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन्।

433010037_2141611606215153_4100305719263416617_n-1712145080.jpg

432908457_384475821132883_1997764057645686057_n-1712145080.jpg

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update