Public Pana
ताइवान भूकम्प अपडेट: कम्तीमा ४ जनाको मृत्यु, ९७ व्यक्ति घाइते

ताइवानको पूर्वी तटमा बुधबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण भएको क्षतिको विवरण आउन सुरु भएको छ।  

साउथ चाइना मर्निङ पोस्टका अनुसार भूकम्पमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन्। 

ताइवानमा भूकम्पले लर्किएको भवन। ताइवानमा भूकम्पले लर्किएको भवन। 

 

ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा थियो। यसपछि पनि परकम्प गइरहेको जनाइएको छ।  

भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update