Public Pana
कमलसिंह ऐरीको ह्याट्रिकमा आयरल्याण्ड १५७ रनमा समेटियो

काठमाडाै- नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा  १५८ रनको सहज लक्ष्य पाएको छ। आयरल्याण्डले ३८ ओभर ३ बल खेल्दै १० विकेट गुमाएको हो। ५० ओभरको खेलमा आयरल्याण्डले नेपालको कसिलो बलिङ सामु पूरै खेल्न सकेन।  

नेपालका लागि कमलसिंह ऐरीले ४ विकेट लिए। उनले ३८औं ओभरमा ह्याट्रिक पूरा गरे। उनीसँगै साहब आलम र मौसम ढकालले समान २-२ विकेट लिए। आयरल्याण्डका लागि सर्वाधिक रन केड कार्माइकलले ५१ रन बनाए।  

आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका थिए। नेपालले पहिले बलिङ गरेको थियो।  

 

 

आयरल्यान्ड वल्भ्सले टी-२० सिरिज २-१ ले जितेको थियो। अब एकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update