Public Pana
सुनकाे मुल्यले रेकर्ड बनायाे ,तोलाको १ लाख ३३ हजार

 काठमाडाै- सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार नयाँ उचाइ कायम गरेको हो। नेपाली बजारमा मंगलबार सुन प्रतितोला १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो। आजको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो। 

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो। मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो। 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update