Public Pana
३३३ दिन  मुख्यमन्त्री भएर  पाण्डेले बुझाए राजीनामा

काठमाडाै- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकार जाेगाउने ठुलै कसरत गरेका पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ नदिएपछि पाण्डे राजीनामा गर्न बाध्य भएका हुन् । उनले सरकार जाेगिन्छ कि भन्ने लाेभमा दीपक मनाङे भनिने राजीव गुरुङलाई मन्त्री नियुक्त गरेका थिए ।

सुरुमा केन्द्रमा नेकपा एससंग सहकार्य गरेर सरकार बनेकाे भए पनि पाण्डेले प्रदेशमा मनाङेलाई मन्त्री बनाउन मानेका थिएनन् । त्याे बेला माधव नेपालकाे दवावलाई बेवास्ता गरेका उनले नेकपा एसले समर्थन फिर्ता लिए पछि सरकार जाेगिन्छ कि भनेर मनाङेलाई मन्त्री बनाएका थिए ।

गोर्खाबाट प्रदेश सांसद जितेका पाण्डेले गण्डकी प्रदेशमा ३ सय ३३ दिन सरकारकाे नेतृत्व गरे । उनले २०७९ बैशाख २४ गते मुख्यमन्त्रीकाे सपथ लिएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update