Public Pana
रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार

इंडियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार बेहोरेको छ । बैंगलोरमा नै भएको खेलमा घरेलु टोली लखनऊ सुपर जाएन्ट्स विरुद्ध २८ रनले पराजित भएको हो ।

१८२ रनको लक्ष्य पछ्याएको आरसिबि १९.४ ओभरमा १५३ रनमा समेटियो । घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३३ रन बनाए । यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे । फ्याफ डु प्लेसिसले १९ रन बनाए ।

लखनऊका मयंक यादवले ३ विकेट लिँदा नभिन उल-हकले २ तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान १-१ विकेट लिए ।

त्यसअघि बेंगलूरुकक घरेलु मैदान चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्न सफल रह्यो । लखनऊका लागि ओपनर क्विन्टन डीककले ५६ बलमा ८ चौका र ५ छक्का सहित सर्वाधिक ८१ रन बनाए ।

यस्तै निकोलास पुरनले २१ बलमा १ चौका र ५ छक्का सहित ४१ रनको विष्फोटक इनिङ खेले । मार्कस स्टोइनिसले २४ रन बनाउँदा कप्तान केएल राहुलले २० रन जोडे ।

आरसिबिका लागि ग्लेन म्याक्सवेलले २ तथा रिस टोप्ली, यश दयाल र मोहम्मद सिरजले समान १-१ विकेट लिए ।

आरसिबि हार पछि ४ खेलमा २ अंक सहित पुछारमाबाट दोस्रो छ । लखनऊ भने ३ खेलमा ४ अंक सहित चौथो छ ।

आईपिएलमा भोलि हुने खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update