Public Pana
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  

आज युरोपियन युरोको मूल्य बढ्दा अमेरिकी डलर, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ।  

 

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा थियो। गएको शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। 


त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा थियो।  

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७१ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७९ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७६ पैसा थियो। 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update