Public Pana
अबको राजनीतिक लडाईं राष्ट्रपतिको हो : चित्रबहादुर केसी

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् ।
यसका लागि दलहरुलाई कन्र्फटेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे । 
दलहरुले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै उनले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताए । 
 
 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update