Public Pana
सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौंः  नेपाल वायू सेवा निगम

काठमाडाै- नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने दावी गरे ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले यस्तो बताएका हुन । उनले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको बताए । उनले आफू नेतृत्वमा आएपछि जहाजहरुको सदुपयोग गर्नुको विकल्प भएको बताउदै निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरुसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको बताए । उनले उक्त लोन २ वा ४ प्रतिशतमा पाइयो भने मँहगो ब्याजदरको पैसा र्फिता गर्ने बताए ।
अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको बताए । उनले न्युरोड र सिनामंगलका जग्गाहरुमा निगमको आधुनिक भवनहरु बनाउने योजना रहेको बताए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमल अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेश गरेर आर्थिक सहयोग जुटाईदिन माग समेत गरेको बताए । उनले यो विषयमा लगानीबोर्ड पनि चासो राखेको भन्दै दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्ने अनुमान रहेको बताए । उनले निमगको ह्याङ्गर बनाउनको लागि मात्र ५ अर्ब बढी रकम लाग्ने अनुमान रहेको बताए ।
‘नेपाल वायुसेवा निगमको १३ जिल्लाका २३ ठाउँमा जग्गा रहेको छ । जसमा काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा छ । ती जग्गाहरुमा निगमको भवनहरु बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले अहिलेको आइका,आइकाओको मापदण्ड पु¥याउन नसक्ने हुनाले निगमले ह्याङ्गर आफ्नै अत्याधुनिक प्रविधिको बनाउनुपर्छ । त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेश गरेका छौं । सरकारले आर्थिक सहयोग जुटाईदिनुप¥यो । काम गर्न सहजिकरण गर्नुप¥यो । यो विषयमा लगानीबोर्ड पनि चासो राखेको छ । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्छ । जसमा ह्याङ्गरको लागि ५ अर्ब बढी लाग्छ ।

विमानस्थलको उत्तरपश्चिम साइडमा नागरिक उड्डयन प्राधिकरणले दिएको जग्गामा ह्याङ्गर बनाउने भनेर डिपीआर बनाएका छौं । निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारले गरिदिएन भन्ने सरकारले निगमले भन्ने आरोप प्रत्यारोप गरेर जिम्मेवारी पन्छाउने प्रवृति देखा परेको छ । निगम सुधारको चरणमा छौं । बुद्धिष्ट सर्किटको लागि जहाजहरु लिजमा लिएर भएपनि सुरुमा काठमाडौं ब्याङलोर,कोलम्बो,काठमाडौं उडान गर्छौं । पछि यात्रु वृद्धि हुन थाल्ने र जहाज लिजमा आएपछि भैरहवा कोल्बोको लागि योजना बनाएका छौं । यसले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि टेवा पुग्छ ।

गौतम बुद्धको प्रचारप्रसारमा पनि टेवा पुग्छ । हवाईट र न्यारोबडी जहाज खरिद गर्दा अत्यन्त महँगो ब्याजदरमा सञ्चय र लगानी कोषबाट जहाज खरिद गरिएको थियो । हामी नेतृत्वमा आएपछि जहाजहरुको सदुपयोग गर्नुको विकल्प भएन । महँगो ब्याजदर घटाउनको लागि अन्तराष्ट्रिय स्फ्ट लोनको लागि आग्रह गरेका छौं । २ वा ४ प्रतिशतमा ऋण पाइयो भने मँहगो ब्याजदरको पैसा फिर्ता गर्छौं । १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेका छौं । विभिन्न ठाउँबाट चासो राखेका छन् ।’

उनले निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारलाई रसरकारले निगमलाई आरोप प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको बताउदै निगम सुधारको लागि व्यवसायिक योजनाहरु बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटको लागि जहाजहरु लिजमा लिएर भए पनि काठमाडौं–ब्याङ्गलोर,कोल्बो–काठमाडौं उडान गर्ने योजना रहेको बताए । उनले जहाज लिजमा आएपछि भैरहवा—कोलम्बो उडानको लागि पनि योजना बनाएको दाबी गरे ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update