Public Pana
प्रदेश भागबन्डा  :   नेकपा एसले तत्काल सुदुर पश्चिमकाे मुख्यमन्त्री पाउने 

काठमाडाै- केन्द्रकाे गठवन्धन परिवर्तन भएसगै प्रदेश सरकारकाे भागबन्डा मिलाउन सकस भइरहँदा माधव नेपाल नेतृत्वकाे एकिकृत समाजवादीले पनि तत्काल एउटा प्रदेशमा मुख्यमन्त्री पाउने भएकाे छ ।

बालुवाटारमा बसेकाे वैठकमा सत्ता गठवन्धनभित्रका दलहरु नेकपा एसलाई सुदुर पश्चिम सरकारकाे मुख्यमन्त्री दिन तयार भएका हुन् ।  

प्रदेश भागवण्डा मिलाउन  आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष तहका नेताहरु छलफलमामा समाजबादीले आफूहरुले पाउने प्रदेश टुङाे लाग्नुपर्ने नत्र बागमतीमा विश्वासकाे मत दिन नसकिने अडान राखेकाे थियाे ।

साेमबार बागमती प्रदेशमा विश्वासकाे मत लिन ससद वैठक शुरु हुने समय हुदाँसम्म समाजवादी अडानमा रहेपछि वालुवाटारमा  तत्काल सुदुर पश्चिममा मुख्यमन्त्री दिने र बागमतीमा पनि आलाेपालाे गर्ने सहमती भएकाे हाे ।  
साेमबार केन्द्रीय नेताहरूले सुदुरपश्चिम प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन सहमति जुटेको हो। 

समाजवादी बागमती संसदीय नेता कृष्ण प्रसाद खनालले यसको पुष्टि गरेका छन्। बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमतिसमेत भएको उनले बताए।

जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतले बताएको छ। 

अन्य प्रदेशमा भन्दा एकीकृत समाजवादीले बागमती प्रदेशकै नेतृत्व पाउन निकै कसरत गरेको थियो। बागमतीमा समाजवादीको ७ सिट छ। मधेसमा पनि समान ७ सिट नै छ। जसजाले नेतृत्व छाड्ने सम्भावना क्षीण रहेकाले समाजवादीले बागमतीमै दाबी गरेको थियो। 

तर केन्द्रको निर्णयअनुसार ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ४ सिट रहेको समाजवादीले मुख्यमन्त्री पाउने भएको हो।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update