Public Pana
आरिफकाे उत्कृष्ट इनिङसगै आयरल्याण्डलाई नेपाल ए ले दियाे २१४ रनकाे विशाल  लक्ष्य

आयरल्यान्ड ‘ए’ विरुङको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको विशाल लक्ष्य दिएको छ। 

आरिफ शेखको विस्फोटक ९३ रनको शानदार पारीसँगै नेपालले ७ विकेटको क्षतिमा २१३ रन बनाउन सफल भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङ गरेकाे नेपाल 'ए' ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रनकाे याेगफल तयार पारेकाे हाे। 

 

नेपाल 'ए' का लागि आरिफ शेखले ९३ र कमल ऐरी १९ रनमा नटआउट रहे।  ४८ बलकाे सामना गरेका आरिफले ७ चाैका र ६ छक्का हाने। 

रासिद खान २४ रनमा पेभेलियन फर्के। बसिर अहमदले १९ र पवन सर्राफले १३ रन थपे।

कप्तान विनाेद भण्डारी ११ रनमा बाेल्ड आउट भए। आयरल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update