Public Pana
आयरल्याण्ड विरुद्ध आशिफ सतक बनाउँन ७ रनले चुके

 काठमाडाै-  आयरल्यान्ड वल्भ्सविरुद्ध  आरिफ सेखले अर्धशतक प्रहार गरेका छन् ।  उनले २९ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ३ चाैका र ३ छक्का सहित अर्धशतक प्रहार गरेका छन् ।  
री टि२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेकाे नेपालले खराव शुरुवात गरेकाे थियाे ।  नेपाल ‘ए’ ले  टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि ब्याटिङ गरेकाे थियाे । खराव शुरुवात गरेकाे  नेपालले  १३ अोभरमा ११९ रन बनाएर ४ विकेट गुमाएकाे छ ।  । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन् । आयरल्यान्डले भने टोलीमा ४ परिवर्तन गरेको छ ।

आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । शनिबार दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै वल्भ्सले सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आज नेपाली टोली सिरिज ह्वाइटवास बचाउने लक्ष्यमा हुनेछ ।

दुवै खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । वल्भ्सले दुवै खेलमा सुरुवाती ब्याटिङ गर्दै २ सय २२ रनको विशाल आँकडा पार गरेको छ । नेपालले भने दुवै खेलमा प्रतिस्पर्धात्मक हार बेहोरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update