Public Pana
एसएमएस फ्रेन्डसिप कप क्रिकेट  : नेपालसँग गुजरात ८ विकेटले पराजित

काठमाडाै- नेपालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गरेकाे छ ।

आइतबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको हो। नेपालले गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेकाे थियाे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए। २६ बल खेलेका उनले ३ चौका प्रहार गरे। यस्तै, अनिलकुमार साहले ३ चौका र १ छक्कासहित ३२ रन बनाए। तेस्रो विकेटका लागि रोहित र अनिलले ६५ रनको साझेदारी गरे।

ओपनरद्वय कुशल भुर्तेल १७ र आशिफ शेख १६ रनमा आउट भए। गुजरातका तेजस पटेल र हेमाङ पटेलले १/१ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको हो। गुजरातका रुद्र मयुर पटेलले सर्वाधिक २३ रन बनाए।

२२ बल खेलेका उनले ४ चौका प्रहार गरे। हेमाङ पटेल २०, सरल प्रजापति १७, अभिषेक देसाईं ११ र स्मित पटेल १० रनमा आउट भए। गुजरातका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन।

नेपालका गुल्शनकुमार झाले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए। करण केसीले ३ विकेट लिँदा सोमपाल कामीको नाममा १ विकेट रह्यो।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update