महालेखापरीक्षकमा तोयम राया सफारिस
महालेखापरीक्षकमा तोयम राया सिफारिस हुनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।
संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
महालेखापरीक्षकमा सिफारिस हुनुभएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १२:४२
प्रतिक्रिया दिनुहोस्