Public Pana
डलर, युरो, पाउन्ड, दिनारकाे मुल्य स्थिर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ।  

 

अर्थात् आज कुनै पनि विदेशी मुद्राको मूल्य थपघट नभएको राष्ट्र बैंकले जनाएको छ। आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। शुक्रबार र शनिबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। यो पनि हिजोकै कारोबार मूल्य हो।  आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा निर्धारण भएको छ। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। त्यस्सैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update