Public Pana
अफ्रिकाका पुर्व राष्ट्रपति जुमा माथी कारले दियो ठक्कर, बचे बालाबाल

 दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा कार दुर्घटनामा परेका छन् ।

सो कार दुर्घटनामा परे पनि उनी भने सकुशल रहेको अफ्रिकन सञ्चारमाध्यमले जनाएका छन् ।


मादक पदार्थ सेवन गरेका एक ड्राइभरले आधिकारिक सशस्त्र सुबिधासहितको गाडीसँग ठक्कर दिएको प्रहरीले जनाएको छ। तर, उनका पार्टीका एक प्रमुख सदस्यले जुमालाई जानी जानी निशाना बनाएको आरोप लगाएका छन् ।

अफ्रिकी नेसनल कांग्रेस (एएनसी)को निलम्बन परेका उनी माथी कार टक्कर दिने ती ड्राइभरलाइ भने गिरफ्तार गरिएको छ । 


त्यतिबेला जुमा आफ्नो आधिकारिक सुरक्षा टोली सहित कारमा थिए । यो दुर्घटना उनको गृह प्रान्त क्वाजुलु नातालको सडकमा भएको थियो ।

‘राष्ट्रपति संरक्षण सेवाका सदस्यहरू लगायत कोही पनि घाइते भएनन्। पूर्व राष्ट्रपतिलाई बाहिर निकालेर उनको निवासमा लगिएको थियो,’ प्रहरीको संक्षिप्त विज्ञप्तिमा भनिएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरवाही र लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा ५१ वर्षीय ती व्यक्ति माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update