Public Pana
प्रतिनिधि सभामुखमा इन्दिरा रानामगर (तस्बिरहरु)


राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उपसभामुखमा रानामगर निर्वाचित भएको घोषणा गरेका छन् । रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा १६६ मत परेको थियो भने उनको विपक्षमा ९७ मत प्राप्त भएको थियो। एक सांसद तटस्थ बसेको बैठकमा १६४ जना सहभागी थिए ।
पहिलो प्रस्तावबाट रानामगर बहुमतले उपसभामुख निर्वाचित भएकाले कांग्रेस उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतविभाजन नै भएन ।
indira 11674305408.jpeg

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update