Public Pana
सिराहमा परिक्षा हलमा वितरण भएकाे १० मिनेटमै नेपालीकाे प्रश्नपत्र बाहिरिएपछि 

सिरहा- एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ ।  सिरहाकाे एक केन्द्रवाट परिक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको  पाइएपछि छानविन समेत शुरु भएकाे छ ।  जिल्ला शिक्षा र उक्त केन्द्र पर्ने स्थानीय तहले छानविन शुरु गरेकाे हाे ।   

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ ।  


परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।  
IMG-20240329-WA0000

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update