Public Pana
इलाम२ मा रास्वपाले पत्रकार मिलन लिम्बुलाई बनायाे उम्मेदबार

काठमाडाै- राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई  उम्मेदबार बनाउने भएकाे छ ।  
बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको हो। 
उनी आदिवासी जनजाति पत्रकार संघका महासचिवसमेत  हुन्र ।   रास्वपाले बुधबार प्राइमरी इलेक्सनका लागि सार्वजनिक गरेको सूचीमा मिलन पाँचौँ नम्बरमा थिए। 
उक्त इलेक्सनबाट छानिनेमध्ये एकजनालाई रास्वपाले इलाम २ को टिकट दिने जनाएको थियो। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update