Public Pana
इलाम-२ मा राप्रपाले तोक्यो उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम- २ का लागि उम्मेदवार तय गरेको छ। उसले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

'राप्रपाले इलाम क्षेत्र न. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा श्री लक्ष्मी गुरुङलाई उम्मेवार बनाउने निर्णय गरेको छ', राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।' 

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा त्यस क्षेत्रबाट एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए। तर उनको निधन भएकाले वैशाख १५ मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रबाट एमालेले सुवासकै छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update