Public Pana

महिलाले समयमै बच्चा जन्माउन नचाहेमा आफ्नो डिम्बाशय अर्थात अण्डालाई भण्डारण गर्न मिल्छ । आइभिएफ प्रविधीमा महिलाको अण्डालाई निकालेर भविष्यमा प्रयोग गर्ने उद्देश्यले फ्रिज गरेर राख्न सकिन्छ ।

आइफिएफ प्रविधिमा भएको बिकाससँगै महिलालाई सन्तान जन्माउन उमेर बाधक नभएको चिकित्सकहरु बताउने गर्छन । नर्भिक इन्टरनेशनल हस्पिटलकी बरिष्ठ टेष्ट ट्युब बेवी बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेपालमा पछिल्लो समय महिलाले करियरका लागि भन्दै आफ्नो  डिम्बाशयलाई फ्रिज गरेर राख्ने प्रचलन बढेको बताउछिन् । 

शुरुवाती चरणमा क्यान्सर र विभिन्न दिर्घ रोग लागेका महिलाले भविष्यमा सन्तान जन्माउने योजनाका लागि अण्डा फ्रिज गरेर राख्ने गरिेपनि पछिल्लो समय करियरको व्यवस्तताले महिलाले भविष्यमा सन्तान जन्माउन समस्या नहोस भनेर डिम्बाशयको भण्डारण गर्ने सविधालाई उपयोग गर्न लागेको डा. उर्मा बताउछिन ।

आजको प्रतिस्पर्धात्मक युगमा कामकाजी महिलाले आफ्नो करियरलाई बढी केन्द्रित गर्ने गरेका छन् । त्यसैले पनि २० देखी २५ बर्षको उमेरमा बिहे गरेर बच्चा पाउनै पर्छ भन्ने मानसिकता यतिबेला नेपाल समाजबाट पनि बिस्तारै परिवर्तन हुँदै गएको चिकित्कको भनाई छ ।

बिवाहित महिला मात्र नभई अहिले अविवाहित महिलाले समेत ढिला बिहे गर्ने योजना मुताविक आफ्नो डिम्बाशयलाई फ्रिज गरेर राख्ने प्रचलन बढेको शर्माले बताइन ।

बरिष्ठ टेष्ट ट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्मासँग गरिएको भिडियो कुराकानी

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update