Public Pana
पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौसहित देशका विभिन्न स्थानमा बर्षा

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण काठमाण्डौ उपत्यका सहित देशका विभिन्न भागमा अहिले  बर्षाभइरहेको छ । आज दिनभरजसो मौषम बदली भइरहने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने र केही स्थानमा पानी पर्ने विभागको अनुमान छ । 
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update