Public Pana
दुर्गा प्रसाईकाे हतियारकाे लाइसेन्सबारे गृहले थाल्याे छानविन

काठमाडाै- मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको ‘इजाजतपत्र’बारे छानबिन गर्न मन्त्रालयले विवरण माग गरेको छ ।  

 

 

प्रसाईँका दुईजना व्यक्तिगत सुरक्षा गार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका हुन् । 

सर्वोच्चको आदेश अनुसार हतियार अनुमतिबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयसँग विवरण माग गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले वताए ।  जर्मनमा बनेको स्वचालित हतियार जिएसजी–५ सहित प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का  र राज कुमार धिमाललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथबाट १ सय राउण्ड गोली पनि बरामद गरिएको छ ।  

हातहतियार खरखजाना ऐन–२०१९ (संशोधित २०७४) अनुसार प्रमुख जिल्ला अधिकारीले निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ । झापा प्रशासनले देशभर बोक्न पाउनेगरी इजाजत दिएको भेटिएपछि त्यसबारे प्रश्न उठेको छ । तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update