त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ
काठमाडाै- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार सिरहाको धनगढीमाई नगरपालिका-११ का २३ वर्षीय पुरूषोत्तम शर्मालाई ५० ग्राम सुनसहित पक्राउ गरिएको हाे
विमानस्थलको आगमन पार्किङ एरियामा शंकास्पद तरिकाले उभिरहेको देखेपछि प्रहरीले उनलाई शका गर्दै नियन्त्रणमा लिएकाे तियाे ।
चेकजाँच गर्दा भन्सार छली गरेर ल्याइएको ५० ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरि विमानस्थल भन्सार कार्यालय गौचरमा वुझाइएकाे छ ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १०:४३
प्रतिक्रिया दिनुहोस्