Public Pana
चीनसँग  १४ परम्परागत नाका सुरु गर्ने समझदारी

काठमाडाै- चीनले नेपालसँग सिमा जाेडिएका ताताेपानी,काेरलासहित परम्परागत १४ नाका तक्काल शुरु गर्नेमा सहमती जनाएकाे छ ।  
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार बेइजिङमा  भएकाे द्विपक्षीय भेटवार्तामा उक्त सहमती भएकाे हाे ।  

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा   भएको भेटमा चीनले सिमासगै विआरआइ र अन्य नेपाल चीनसँग जाेडिएका परियाेजनाहरुलाई प्राथमिकता दिएर अघि वढाउने प्रतिवद्धता समेत जनाएकाे छ ।  

प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको श्रेष्ठकाे सचिवालयले जनाएकाे छ । 

भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा (भिसा) निःशुल्क गर्न चीन सकारात्मक भएको जानकारी  गराएका थिए । 

नेपाल–चीन अन्तरदेशीय प्रसारण निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको बैठकपछि जानकारी दिइयो।


संयुक्त सीमा निरीक्षण टोलीले काम थाल्नेलगायतका विषयमा पनि दुवै पक्षबीच समझदारी बनेको छ। दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update