Public Pana
आयरल्यान्ड ‘ए’ नेपालसँग  ७१ रनले पराजित

नेपाल भ्रमणमा रहेको पाउना टोली आयरल्यान्ड ‘ए’ टिम नेपाली राष्ट्रिय टोलीसँग दुवै मैत्रीपूर्ण खेलमा पराजित भएको छ। 

पहिलो खेलमा ६ विकेटको जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा ७१ रनको फराकिलो जित निकालेको हो।  

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड ए १८ दशमलव ३ ओभरमा अलआउट हुँदै १२७ रनमै समेटियो।    नेपवालका लागि सोमपाल कामी र कुशल मल्लले समान तीन/तीन विकेट लिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक/एक विकेट लिए। १९ औं ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट लिएका सोमपालले तेस्रो बलमा रनआउट गर्दै आयरल्यान्डलाई १२७ रनमै अलआउट गरे। 

 

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update