Public Pana
कर्णाली पुलबाट हामफालेका युवकको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

सोमबार कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैध्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा गोताखोर परिचालन गरिएको एपीएफले जनाएको छ।

सोमबार दिउँसो होली खेल्दै रमाइरहेका १७ जना युवक एकपछि अर्को गर्दै कर्णाली पुलबाट धमाधम नदीमा हाम फालेका थिए। 

 

उनीहरुमध्ये कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता भएका छन्।  सयौँ मानिसको अघिल्तिर कर्णालीमा हेलिएका उनको तत्कालै किनारमा रहेका दुईवटा डुंगाले खोजी सुरु गरेपनि डुंगा चालकले भेट्टाउन सकेनन्। 

मंगलबार बिहानदेखि सुरक्षाकर्मी र स्थानीयले उनको खोजी गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update