Public Pana
सुन प्रकरणको अनुसन्धान गरेका दुईजना इन्स्पेक्टर सीआईबीमै  किन  ल्याईयाे फिर्ता

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन प्रकरणको अनुसन्धानमा त्रुटि देखिएको ठहर गरेपछि सीआईबीमा कार्यरत अधिकृतहरुलाई धमाधम हटाइएको छ । तर, सुनको अनुसन्धानमा संलग्न रहेर पनि बाहिर कार्यरत दुईजना इन्स्पेक्टरलाई सीआईबीमै फिर्ता बोलाइएको छ । 

 

 

प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर राजु अधिकारी र गजेन्द्र रावललाई सीआईबीमा काज सरुवा गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीहरू ६० किलो ७१६ ग्राम सुन तस्करीबारे अनुसन्धानमा खटिएका थिए । 

 

अवैध सुन पैठारी तथा संगठित अपराधबारे इन्स्पेक्टर अधिकारीले आर्थिक विश्लेषण र गजेन्द्र रावलले प्राविधिक विश्लेषण गरेका हुन् । अनुसन्धान सकिएपछि उनीहरू फिर्ता भएका थिए । 

सुनबारे अनुसन्धान गरेका सिआईबीका ४ जना इन्स्पेक्टरलाई त्यहाँबाट हटाइएको छ । सीआईबीमा कार्यरत इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्री र रञ्जित लामालाई प्रहरी हेड्क्वार्टरमा सरुवा गरिएको छ ।

सीआईबीमा कार्यरत प्रहरी नायव निरीक्षक विवेक ढुंगाना, प्रसनी इन्कार वली र हवल्दार लक्ष्मण सापकोटालाई पनि त्यहाँबाट सरुवा गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update