Public Pana
नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको चुनौतीपूर्ण लक्ष्य

नेपाल भ्रमणमा रहेको पाउन टोली आयरल्यान्डको ‘ए’ टिमलाई नेपालले १९९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

टस जित्दै पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रन बनायो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४७ रन बनाए।  

यस्तै कुशल मल्लले ३४, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२, आशिफ शेखले ११ र विवेक यादवले नटआउट ७ रनको योगदान दिए।  

 

 

यता आयरल्यान्डका म्याथ्यू फोस्टरले ३ विकेट लिँदा, बेन ह्वाइटले २ तथा फिनिन हान्ड र गेभिन होनीले एक/एक विकेट लिए। यसअघि सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update