Public Pana
न्यून चापीय प्रणाली हटे पनि पानी पर्ने क्रम रोकिएन

काठमाडाै-  हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) कोशी र मधेश प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने देशका बाँकी पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। 

तराई क्षेत्रको बाँकी भूभागमा पनि अहिले आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

 

हाल कोशी प्रदेशका केही स्थानसहित मधेश प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ।

हिजोसम्म नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव थियो। झण्डै एक सातासम्म कायम रहेको याे प्रणालीको प्रभावको कारण देशका धेरै ठाउँमा वर्षा भएको थियो।  

आजबाट भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव हटेपनि पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावको कारण देशका धेरै भूभागको मौसम बदली भएको महाशाखाले जनाएको छ। 

आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ। 

दिउँसो कोशी प्रदेशका थोरै स्थानसँगै मधेश, बागमती  र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

दिउँसो कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आज राति पनि देशभर आंशिक बदलीको अवस्था रहनेछ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा राति पनि मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update