Public Pana
यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय

सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समिकरण बनेलगत्तै चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग विघटन गर्ने निर्णय गरेको हो ।

एक साताभित्र पुनः आयोग गठन गर्नेगरी उक्त आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  

 

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले सरकारले उक्त आयोग कानुनसम्मत ढंगले एक हप्ताभित्र पुनर्गठन गर्नेगरी विघटन गरेको बताइन् । नयाँ बन्ने आयोगले भूमिको व्यवस्थापन सम्बन्धी बाँकी कामलाई अघि बढाउने मन्त्री शर्माको भनाइ थियो ।

 

 

सरकार परिवर्तनसँगै सो आयोगको विघटन र पुनर्गठनको प्रक्रियाले भूमिहीनहरुको समस्या समाधानमा व्यवधान उत्पन्न हुने काम भइरहेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update