Public Pana
महान्याधिवक्ताको दवावमा पुर्व सभामुख महरा हाजिरी जमानीमा रिहा

सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छोडिएको छ । स्रोतका अनुसार महान्याधिवक्ता दिनमणी पोखरेलको निर्देशनमा सिआइवीले सरकारी वकिल कार्यालयसँग अनुमति लिएर महरालाई हाजिरी जमानीमा छोडेको हो ।

विभिन्न ८ प्रकारका औषधी सेवन गरिरहेको र स्वास्थ्य अवस्था समेत कमजोर देखिएपछि सरकारको उच्च तहबाटै महरालाई हाजिरी जमानीमा छोड्न मातहत निकायलाई सर्कुलर जारी गरिएको स्रोतको दावी छ । 

महरालाई हाजिरी जमानतमा छाडेर बाहिरबाट थप अनुसन्धान प्रक्रियामा सघाउन सिआइवीले आग्रह गरेको र  सीआईबीले सरकारी वकिलसँग अनुमति मागेर उनलाई थुनामुक्त गरेको हो । 

प्रहरी कपिलवस्तुबाट महरालाई गत चैत्र ५ गते पक्राउ गरेर काठमाडौं ल्याएको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण महरालाई अदालत म्याद थप गरि अस्पतालमा बस्न प्रहरीले अनुमति दिएको थियो । 

प्रहरीले महरामाथी अनुसन्धान गर्न भन्दै ७ दिन हिरासतमा राख्ने अनुमति मागे पनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।

महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको र उनले विमानस्थल भन्सार कर्मचारीले नियन्त्रणमा लिएको सुन सहितको विद्युतीय सिगरेट ९भेप० छुटाउनलाई भन्सार कर्मचारीलाई दबाब दिएको अनुसन्धानबाट देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update