Public Pana
प्रतिनिधि सभा  बैठक १०  राेकेर सभामुखसहितकाे टाेली स्वीजरल्याण्ड उड्याे

काठमाडाै-   प्रतिनिधि सभामा प्रम्ख प्रतिपक्ष नेपाली काग्रेसकाे विराेध जारी रहेकाे छ । केही महत्वपूर्ण विधेयकसहित वजेटका सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेकाे छ ।

ससदमा विधेयकमाथि छलफल हुन नसेककाे र राम्राेसँग प्रि वजेट छलफल हुन नसकेकाे समयमा सभामुख  देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।   

 

 

यही चैत १० देखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपियू) को १ सय ४८औँ महासभामा सहभागी हुन सभामुख सहितको टोली बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको हो ।  

सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल कतार एयरलान्सको उडानबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जनाएका छन् ।   

घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन् ।  

यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार रहेका छन् । साथै राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासेपनि सो टोलीमा समावेश छिन् ।  

सभामुख घिमिरेले संसदीय कूटनीति, शान्ति र समझदारीको लागि सेतु निर्माणका विषयमा आफ्नो वक्तव्य प्रस्तुत गर्ने, सङ्घीय संसद्का महासचिवले सङ्गठनका बैठकहरूमा सहभागिता जनाउने सहायक प्रवक्ता धमलाले जनाएका छन् । 

महासभामा सहभागी भई सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । सभामुखसहितको टोलीको जेनेभा भ्रमणका कारण प्रतिनिधि सभाको बैठक चैत १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update