Public Pana
मन्त्रीलाई नियम पालना गराउन खोज्ने सुरक्षा गार्डलाई ५ दिन थुनामा राख्न आदेश

नियम र कानुन सवैलाई बराबर हुनुपर्छ भन्ने बिधिशास्त्रीय र सर्वव्यापी मान्यता पनि हो । तर सत्तामा बस्नेले शक्तिको कतिहदसम्म दुरुपयोग गर्न सक्छ भन्ने पछिल्लो उदाहरण काठमाण्डौको छाँया सेन्टरमा शुक्रबार भएकाले घटनाले देखाएको छ ।

पर्यटन मन्त्रीलाई लाइन बस्न अनुरोध गर्ने सुरक्षा गार्डलाई अभद्र मुद्दामा ५ दिन थुन्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ ।

नियम कानुन पालना सार्वजनिक पद धारण गरेको व्यक्तिलाई उत्तिनै आवश्यक हुन्छ जति सामान्य जीवन निर्वाह गर्ने नागरिकलाई लागू हुन्छ । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्‍नुस् भन्दा  पक्राउ परेका सुरक्षागार्डलाई हिरासतमा राख्न अनुमति दिएपछि सामाजिक सञ्चालमा मन्त्रीको चर्को आलोचना भएको छ ।

अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । 
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमती दलबल लिएर पुगेका थिए ।

एउटा कार्यक्रममा लागि मन्त्रालयका ६/७ जनासहितको टोली क्यान्डा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पत्ति पनि त्यहाँ पुगेका थिए ।

‘गरुड सेक्यूरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उनीहरुलाई लाइनमा आउन भनेका थिए । प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अघि बढ्न खोजेपछि सुरक्षागार्डले राकेका कारण विवाद भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मन्त्रीले आफुलाई रोकेकोमा आक्रोश व्यक्त गरेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गर्न प्रहरी बोलाएका थिए । यदी सो घटनालाई मन्त्री श्रेष्ठले प्रतिशोधका रुपमा नलिएर लाइनमै बसेर भिसा प्रक्रियाका लागि अघि बढेको भए उपस्थित सवैले उनको प्रशंसा गर्ने थिए ।

सो घटनालाई नजिकैबाट हेरिरहेका एक जना भन्दै थिए हाम्रो देश विग्रेकै कारण यही हो । नेताहरु र मन्त्रीले नियम कानुनलाई आफु अनुकुलको व्याख्या गर्ने संस्कार हाम्रो देशमा मात्र भयो, उहाँ क्यानाडा जाने तयारीमा हुनुहुन्छ विदेशमा गएर बुझेपछि मन्त्रीजीले आफै महसुस गर्नुहुनेछ नियम कानुन भनेको के हो भनेर ।

अझैपनि मन्त्रीजीले आफ्नो गल्ती स्वीकार गरी थुनामा रहेका सुरक्षागार्डलाई तत्काल रिहा गराए अझैपनि गालीभन्दा ताली पाउने थिए । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update