Public Pana
कर छलिकाे आराेप लगाउदै दिल्लीका मुख्यमन्त्री केजरीवाला पक्राउ 

एजेन्सी -भारतीय जनता पार्टीकाे निशानामा रहेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालालाई अन्तत केन्द्र सरकारले पक्राउ गरेकाे छ ।  भारतीय प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री  केजरीवाललाई पक्राउ गरेको हाे ।

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो । 
यसअघि केजरीवाला सरकारमा शिक्षामन्त्री मनिष सिसाेदियालाई पनि पक्राउ गरिएकाे थियाे । आम आदमी पार्टीकाे रुपमा दिल्लीमा सरकार चलाइरहेकाे उनलाई निर्वाचनकाे मुखमा पक्राउ गरिएकाले याे राजनीतिक भएकाे भनिएकाे छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update