Public Pana
सीडीओहरूलाई गृह मन्त्रालयको ६८ बुँदे निर्देशन (पूर्णपाठ)

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ ।

जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि गर्न भन्दै ११ वटा क्षेत्रसम्बद्ध निर्देशनहरु दिइएको हो ।

गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो एकीकृत निर्देशन जारी गरेका हुन् । 

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सवारी दुर्घटना न्युनीकरण, राजस्व चुहावट न्युनीकरण, गुनासो व्यवस्थापन, बेरुजी फर्स्योट, पुराना जिन्सी सामानको व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण, सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण लगायतका विषयमा विभिन्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update